दफा १२
गोप्यता कायम राख्नु पर्ने<br>
(१) दफा ९ र १० बमोजिम गर्भवती महिलाले सम्बन्धित स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थालाई उपलब्ध गराएको चिकित्सकको राय तथा मन्जुरीनामा लगायतका सबै प्रकारका कागजात तथा अभिलेख सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाले सुरक्षित रूपमा राख्नु पर्नेछ । त्यस्ता अभिलेख तथा सो मा उल्लेखित व्यहोरा कसैलाई जानकारी नदिई गोप्य राख्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको अवस्थामा त्यस्ता सूचना तथा कागजात उपलब्ध गराउन वा सो मा उल्लिखित व्यहोरा जानकारी दिन बाधा पु¥याएको मानिने छैन ः–
(क) कुनै मुद्दा मामिलाको अनुसन्धान वा सुनुवाइको सिलसिलामा अनुसन्धान अधिकारी वा अदालतबाट जानकारी माग भएमा,
(ख) सुरक्षित गर्भपतन सेवा सम्बन्धी अध्ययन अनुसन्धानको उद्देश्यले सम्बद्ध महिलाको परिचय नहुने गरी उद्धरण गर्न ।
(ग) सम्बन्धित महिला स्वयमले यस सम्बन्धी अभिलेख माग गरेमा ।
(३) सेवा उपलब्ध गराउने क्रममा सम्बन्धित स्वास्थ्य संस्थाले उपदफा (१) बमोजिम अभिलेख खडा गरेको कागजातको आधारमा आफूले उपलब्ध गराएको सेवाको अद्यावधिक विवरण अनुसूची–९ बमोजिमको ढाँचामा तयार गरी नियमित रूपमा विभागलाई उपलब्ध गराउनु पर्नेछ ।